jhapaonline add

झापा, १२ माघ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । कीर्तिपुर त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् । त्यस्तै विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन…

Read More

सन्तोष शर्माझापा, १२ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका राजेन्द्र लिङ्देन यहाँका मतदातालाई आठ वर्षअघिको झापा क्षेत्र नं. ३ स्मरण गर्न आग्रह गर्नुभएको छ । झापाको हल्दिबारी गाउँपालिका–१ स्थित गोलधापमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उहाँले यहाँका आम मतदातालाई आठ वर्षअघिको झापा क्षेत्र नम्बर ३ लाई स्मरण गर्न आग्रह गर्नुभएको हो । “म पहिलो चोटी प्रतिनिधि सभाको सदस्य बनें, त्यतिबेला मेचीले, बिरिङले यो क्षेत्रलाई पूर्ण रुपमा डुबानमा पारेको थियो”, उहाँले भन्नुभयो, “त्यतिबेला धेरै ठाउँ डुबानले ग्रस्त थियो । अहिले मेचीमा, बिरिङमा, देउनियामा, घाग्रामा जुन तटबन्धको व्यवस्था…

Read More

झापा, १२ माघ । सुनसरी, उदयपुर र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर, प्रतिबन्धित औषधि र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ११ गते सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान–१७ का निरबहादुर दर्जी र किरण मगरलाई लागुऔषध ब्राउनसुगर १८० मिलिग्राम, प्रतिबन्धित औषधि ११९ पिससहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–१९ का अविनाश चौधरीलाई ४३० मिलि ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बा ९५ प ६२९१ नम्बरको मोटरसाइकल चालक त्रियुगा–११ का सविन राईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १५० एम्पुल प्रतिबन्धित औषधी फेलापारी नियन्त्रणमा लिएको छ ।…

Read More

सन्तोष शर्माझापा, १२ माघ । झापामा पछिल्लो छ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को पुष मसान्तसम्म एक बालबालिकासहित ५५ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२÷१२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुई जना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्टरोगी फेला…

Read More

झापा, १२ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर…

Read More

सन्तोष शर्माझापा, १२ माघ । झापामा निपाह भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि पूर्व तयारीसहित उच्च सतर्कता अपनाइने भएको छ । भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखिएको समाचारहरु विभिन्न सञ्चारमाध्यममा आइरहेकाले जिल्लामा पूर्व तयारीसहित उच्च सतर्कता अपनाइने भएको हो । निपाह भाइरस पूर्वतयारी तथा सचेतनामूकल कार्य गर्नका लागि आइतबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकमा हेल्प डेक्स सञ्चालन र सचेतनामूलक कार्य गर्ने निर्णय गरिएको छ । बैठकले स्वास्थ्य कार्यालय झापाद्वारा निपाह भाइरस सम्बन्धी स्वास्थ्य सचेतनामूलक सन्देश प्रसारण गर्ने, हेल्प डेक्स सञ्चालन भएका स्थानहरुमा व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने, पूर्वी नाका काँकरभिट्टामा सञ्चालनमा रहेको हेल्प डेक्समा भारतबाट प्रवेश…

Read More

सङ्खुवासभा, १२ माघ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ । घाइते सबैको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

Read More

झपा, १२ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात–वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सुरकुहिरो रहनेछ । दिउँसो देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

Read More

बिर्तामोड, ११ माघ । नौ वर्षअघि झापाबाट प्रकाशनमा आएको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी नामक म्यागजिन’ प्रकाशनमा ल्याएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित पत्रिकाले जेनजी पुस्तालाई समेटेर तयार पारेको म्यागजिन प्रकाशनसँगै झापाका १५ जना जेनजी युवालाई सम्मान गरेको छ । आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुनिरहेका ‘गरिखाने हिरो’लाई पौरखी जेनजी युवाका रुपमा सम्मान गरिएको लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजी न्यौपानेले बताए । सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको संयोजकत्वमा बनेको छनौट समितिले १ सय ५४ जना पौरखी युवाहरु मध्येबाट १५ जनालाई छनौट गर्दै आज बिर्तामोडमा लोकतन्त्त पोष्ट म्यागेजिनको लोर्कापणसँगै सम्मान गरिएको थियो…

Read More

शिवसताक्षी, ११ माघ । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा शिवसताक्षी नगरपालिकालाई पराजित गर्दै दमक नगरपालिकाले जित दर्ता गरेको छ। निर्धारित खेलमा दमकले शिवसताक्षीलाई ३–० गोलअन्तरले हरायो। दमकको जितमा जर्सी नम्बर ८ का खेलाडी दिपेन्द्र घिमिरे, जर्सी नम्बर १८ का खेलाडी भोजकुमार थुलुङ र जर्सी नम्बर १३ का खेलाडी रोशन तामाङले १–१ गोल गरे। उत्कृष्ट प्रदर्शनका आधारमा दिपेन्द्र घिमिरे ‘म्यान अफ द म्याच’ घोषित भए। त्यस्तै, दोस्रो खेलमा हल्दिबारी गाउँपालिका सहभागी हुन नआएपछि बाह्रदशी गाउँपालिका वाकओभरका आधारमा अर्को चरणमा प्रवेश गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ। प्रतियोगिता अन्तर्गत माघ १२ गते दुई…

Read More