
झापा, ३ बैशाख । पेट्रोलियम पदार्थ लगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले निर्माण कार्य स्थगित गर्दा झापाका ५ सयबढी योजना प्रभावित हुने भएका छन् ।
एक साताभित्र मूल्य समायोजन नगरे झापाका निर्माण व्यवसायीहरूले निर्माण कार्य स्थगित गर्ने बताएका छन् । निर्माण व्यवसायी संघ झापाले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ । निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यबृद्धिले निर्माण क्षेत्र ठप्प हुने स्थितिमा पुगेको कारण सरकारले तत्काल ‘आपतकाल’ घोषणा गरी निर्माण व्यवसायीहरूलाई राहत दिन व्यवसायीहरूले माग गरेका हुन् ।
सङ्घले मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने निर्माण सामग्रीमा अत्यधिक मूल्यबृद्धिले निर्माण उद्योग दिन प्रतिदिन धरासायी बन्दै गएको कारण ‘आपतकाल’ घोषणा गरी सरकारले व्यवसायीहरूलाई अविलम्ब राहत दिन माग गरेको छ ।


