
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ५ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ । मन्त्रालयले सातै प्रदेश र स्थानीय तहलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको हो । मन्त्रालयका अनुसार देशभर कानुन विपरीत सञ्चालन भएका सहकारी संस्थामाथि निगरानी बढाउन तथा निष्क्रिय सहकारीको वास्तविक अवस्था पहिचान गर्न १० बुँदे कार्ययोजना ल्याइएको हो । कार्ययोजनाअनुसार सबै सहकारी संस्थालाई अनिवार्य रूपमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली ९कोपोमिस०मा आबद्ध गराइनेछ । त्यस्तै सहकारी ऐनअनुसार संस्थाको विवरण तथा अभिलेख अद्यावधिक गर्ने कामलाई तीव्रता दिइनेछ । मन्त्रालयले दुई वर्षभन्दा…
झापा, ५ असार । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरणका लागि आवश्यक स्वास्थ्य परीक्षण नगरी २०० लिएर निरोगिताको प्रमाणपत्र वितरण भइरहेको खुलासा भएपछि नेपालगन्जमा प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले यातायात व्यवस्था कार्यालय परिसरमा निगरानीका क्रममा अनियमितता फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित…
झापा, ५ असार । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो । विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभयो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो । यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको…
झापा, ५ असार । झापा उद्योग वाणिज्य संघले भारतीय चिया बोर्डले जारी गरेको नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)–का कारण बैशाखको सुरुदेखि नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका कार्यवाहक अध्यक्ष राजकुमार राई र महासचिव सुमन मैनालीको संयुक्त हस्ताक्षरबाट जारी विज्ञप्तिमा भनिएको छ– ‘नेपालको प्रमुख निर्यातजन्य कृषिवस्तुमध्ये एक चियामा गुणस्तर परीक्षणको नाममा भारतीय पक्षबाट चिया आयातमा थप अवरोध सिर्जना हुँदा नेपाली चिया उद्योग, निर्यात व्यवसायी, किसान तथा मजदूरहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन्, विशेष गरी चियाको उत्पादन तथा प्रशोधनको मुख्य सिजन सुरुभइसकेको अवस्थामा तयारी चिया निर्यात अवरुद्ध हुनु अत्यन्त चिन्ताको विषय हो ।’ संघले नेपाल चिया…
भद्रपुर, ५ असार । झापाको भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय–अभिभावक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगर क्षेत्रका ९ वटा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको उक्त कार्यक्रम जेठ २५ गते हिमाली माध्यमिक विद्यालयबाट शुभारम्भ भई असार ३ गते पुहाँतुजनज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । नौ दिनसम्म सञ्चालन भएको कार्यक्रममा ६२४ जना अभिभावकको सहभागिता रहेको नगरपालिकाले जनाएको छ । कार्यक्रमका सहजकर्ता इलामका शैक्षिक प्रशिक्षक पूर्णप्रसाद गौतम रहनुभएको थियो । नगर क्षेत्रका ८ वटा विद्यालयमा नगरप्रमुख गणेश पोखरेलले अभिभावकँसग अन्तरक्रिया समेत गर्नुभएको थियो…
झापा, ५ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग, लुम्बिनी प्रदेशको हिमाली भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । यसैगरी, लुम्बिनी प्रदेशको पहाडी भू–भाग र मधेस प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…
सन्तोष शर्माझापा, ४ असार । नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले आजदेखि चिया उद्योग र चिया बगान बन्द गरेका छन् । भारतीय अवरोधका कारण नेपाली चिया निर्यात गर्न नसक्ने अवस्था सिर्जना हुनुका साथै गोदामै तयारी चिया थन्किएपछि बाध्य भएर उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । “भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी)ले चिया निर्यात ठप्प भएको छ”, उहाँले भन्नुभयो, “निर्यात खुलाउन पहल हुन्छ, कुनै उपाय निस्किन्छ भनेर डेढ महिना पर्खियौं, निकास ननिस्किएपछि उद्योग बन्द गर्ने अवस्थामा पुगेका हौं ।” उत्पादित चिया बिक्री गर्न नसकिएपछि हरियो पत्ति किन्न र…
झापा, ४ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती,…
बिर्तामोड, ३ असार । बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप सहज बनाउन कृषि सामग्री वितरण गरेको छ। आज आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कृषकहरूलाई चापकटर र काउम्याट हस्तान्तरण गर्नुभएको हो। नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाअन्तर्गत ५० प्रतिशत लागत साझेदारी कार्यक्रममार्फत ३० थान कुटी काट्ने चापकटर र ६५ थान काउम्याट वितरण गरिएको हो। उक्त सामग्री वितरणका लागि नगरपालिकाले गत पुस ९ गते सार्वजनिक सूचना जारी गरेको थियो। सूचनाअनुसार चापकटरका लागि २५० वटा र काउम्याटका लागि ९२ वटा निवेदन प्राप्त भएका थिए। पशुपन्छी तथा मत्स्य विकास शाखा अधिकृत सावित्रा दाहालका अनुसार प्राप्त निवेदनमा स्थलगत अनुगमनका आधारमा…
झापा, ३ असार । झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । आज बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए । टाउको तथा दाहिने हातमा चोट लागेका कार्कीको नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । स्कुटीमा पछाडि सवार गौरीगञ्ज…