झापा, २७ असोज । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनी र हालैको बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि बजेट कटौती गरिएको हो।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका इन्द्र सापकोटालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
साथै, विपद् पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तर खुला गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

