झापा, ८ कात्तिक । यतिबेला देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि आज तीन प्रदेशमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम भने मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा आज दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति पनि कोसी, बागमती र र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने अनुमान विभागको छ।
महाशाखाका अनुसार कोसी प्रदेशको पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना छ भने बाँकी भूभागको मौसम सफा रहने छ।


