
अर्जुनधारा, १५ कात्तिक । सक्षम युवा, सभ्य समाज मेचीनगर–१२ सरेडाँगीको आयोजनामा आज देउसी भैलो समापन तथा सम्मान कार्यक्रम चारआली साना शहरी खानेपानीको सभाहल सम्पन्न भएको छ ।
लागुऔषध दुवर्यासनी विरूद्वको अभियान सञ्चालन गर्ने उद्देश्यले कार्यक्रमको थालनी गरिएको सस्थाका अध्यक्ष अमृत खम्बूले जानकारी दिए ।कार्यक्रममा स्थानीय कलाकार, खेलाडी र विभिन्न क्षेत्रमा योगदान पुराउनुहुने व्यक्तित्वहरूलार्इ सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अथिति अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनले समाजमा लागुऔषध सेवन गर्दा के हुन्छ भन्ने कानून थाहा नपाएर पनि बालबालिका दुव्र्यसनीमा फसेको बताए । युवाहरूलाई खेलकुद, कला, विभिन्न सिपमूलक तालिम दिएर पनि कुलतबाट जोगाउन सकिने उहाँले बताउनुभयो । ‘यो संथाले यसतर्फ अगाडि बढ्न सुझाव दिन्छु’, नगरप्रमुख गोम्देनले भने ।
कार्यक्रममा मेचीनगर वडा नम्बर १२ का अध्यक्ष मधुसुदन निरौला, कालिका सामुदायिक वनका अध्यक्ष ज्ञानु तामाङ, अर्जुनधारा वडा नं. १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



