झापा, २१ कात्तिक । झापा र मोरङबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक २० गते झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका–५ का ३१ बर्षीय राजु श्रेष्ठलाई ४५ ग्राम ९३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, लागुऔषध नियन्त्रण ब्युरो विराटनगरले को. ४ प ७४२ नम्बरको मोटरसाइकल चालक सुन्दरहरैंचा–१० का २८ वर्षीय सुशान्त पोखरेल र पछाडि सवार सुन्दरहरैंचा–९ का ३८ वर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित विराटनगर–१६ बाट पक्राउ गरेको छ ।
त्यस्तै, झापाको भद्रपुर–५ बाट वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर–४ का ३० वर्षीय पुरण विश्वकर्मालाई २ ग्राम १३० मिलिग्राम ब्राउनसुगरसहित र प्रहरी चौकी चारआलीले मेचीनगर–१३ बाट प्रतिबन्धित औषधी लोरी १६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेटसहित मेचीनगर–३ का ३० वर्षीय प्रशान्त सेन्चुरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको आवश्यक अनुसन्धान भइरहेको छ ।


