झापा, ९ मंसीर । तीन दिनलाई देशभर कतै पनि वर्षा–हिमपातको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार तीन दिन अर्थात् बिहीबारसम्म मौसम यस्तो हुनेछ
आज मंसिर ९ गते (मंगलबार) दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने छ।
भोलि बुधबार दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
पर्सी बिहीबार दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने छ ।


