मोरङ, १० मंसीर । मोरङको विराटनगर १३ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ९ गते लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जहदा गाउँपालिका १ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


