झापा, १२ मंसीर । झापाको बिर्तामोड नगरपालिका–३ सैनिक मोडमा प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले मंसीर १० गते साँझ करिब ६ बजे सोही स्थानका ३५ वर्षीय प्रफुल्ल राजवंशीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका पारेको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको थियो ।
डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थ प्लाष्टिकसहित ६ ग्राम ८५० मिलिग्राम र प्लाष्टिक बाहेक ४ ग्राम रहेको प्रहरीले जनाएको छ। राजवंशीको साथबाट नेपाली नगद ८२० रुपैयाँ र भारतीय नगद २ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रणमा लिइएका राजवंशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।


