झापा, १२ मंसीर । झापाको बिर्तामोड नगरपालिका–५ सिटी सेन्टरस्थित अनुकुल इलेक्ट्रोनिक्स पसलमा आज बिहान आगलागी भएको छ ।
प्रहरीका अनुसार अर्जुनधारा–६ बस्ने सुनिल क्षेत्रीले सञ्चालन गर्दै आएको उक्त पसलमा बिहान करिब ८ः३० बजे सीसी क्यामेराको तार सर्ट भई आगो लागेको हो । आगलागीबाट करिब १ लाख बराबरको इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको छ। स्थानीयवासीको सहयोगमा करिब ८ः५० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


