
झापा, २५ पुस । मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध गाँजा बेचबिखनमा संलग्न आमा–छोरासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २४ गते विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतकी कविता यादवले सञ्चालन गर्दै आएको होटलबाट ७ किलो १८० ग्राम लागुऔषध गाँजा फेला पारी नियन्त्रणमा लिएसँगै उनको छोरा मुन्ना कुमार यादव र बेचबिखनमा संलग्न मोरङको जहदा–१ का मंजितकुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


