
कनकाई, ३० पुस । झापाको कनकाई नगरपालिका–४ कोटिहोम माई पुलस्थित पूर्व–पश्चिम राजमार्गमा माघ २९ गते साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
साँझ करिब ८:३० बजे तत्काल नम्बर नखुलेको सेतो कारले विपरीत दिशाबाट आउँदै गरेको BAAB 6126 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कनकाई–४ निवासी ३५ वर्षीय कमल पराजुली गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बि.एण्ड सी. अस्पताल, बिर्तामोड लगिएको थियो। तर, २१:२० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
ठक्कर दिने सवारी साधन भने दुर्घटनापछि फरार रहेको र हाल खोजतलास तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

