
झापा, २० माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वारी दिएका अशेष घिमिरे यतिबेला चुनावी अभियानका क्रममा छन् ।
क्षेत्र नम्बर १ का २१ वटा वडाका मतदातासँगलाई विश्वास दिलाउँदै मत माग्ने अभियानमा निस्किएका छन् उनी । उम्मेद्वारी दर्ता गरेकै दिन चिया मजदुरका समस्यादेखि डायरीको पाना भर्न सुरु गरेका घिमिरेले मतदातालाई भन्छन्, ‘कयौं पटक अरुका लागि मतदात गर्नुभयो यो पटक आफ्नै लागि परिणाम दिनसक्ने व्यक्तिलाई मतदान गर्नुहोस् ।’

घिमिरेको मतदातासँग पुगेको मत माग्ने शैली फरक छ । कहिले एक्लै त कहिले ४-५ जना सहकर्मीसँग गाउँघरमा चुनावको झझल्को स्मरण गराउन पुग्ने गरेका छन् । रोजगारी सृजनाका अवसरहरूबारे के कस्ता वित्तीय कार्यक्रम बनाउने भन्ने बारेमा सुनाउंदै हिंडेका छन् । उद्यमशीलताको विकाश नाराले होइन योजनाबद्ध प्लानिङ, आर्थिक लगानीले मात्र संभव हुने उनको तर्क छ ।
आम नागरिकमध्ये सिमान्तकृत र गरीबीको चपेटामा परेका भूँई मान्छेको हितमा केही अधिकार बोल्न र परिणाम ल्याउनकै लागि आफुले उम्मेद्वारी दिएको उनको प्रष्टोति छ । मानवीय मात्रै होइन, देशको कम्युनिष्ट आन्दोलनपछि उपलब्धी, देशमा कम्युनिष्ट नाममा हुने गरेको विकृतिलाई चिर्दै सच्चा कम्युनिष्टको नेतृत्व गर्न आम सर्वहारा वर्गलाई अपिल समेत गर्दै आएका छन् । सर्वसाधरणकहाँ पुग्दा घिमिरेले जम्मा तीनवटा नारा लिएर पुग्ने छन् । उनको नारामध्ये एक नम्बरमा लेखिएको छ, ‘भोटको किनबेच भ्रष्टचारको व्याड हो । महंगी, बेरोजगारी सबैको मुख्य कारण खर्चिलो र भड्किलो चुनाव हो, दुई नम्बरमा उल्लेख छ । र तीन नम्बरमा लेखिएको छ, आज तपाईलाई किन्नेले भोलि देश र योजना बेचेर असुल्छ ।’
अन्त्यमा श्रमजीवी, न्यायप्रेमी जनताका पक्षमा, यो ठाउँको विकास, पर्यवरणको सुरक्षा र सहज जीवनयापनका लागि तपाई सँगसँगै लाग्नेछौं । मतदातालाई बाड्ने हामी भोट किन्नेवला छैनौं । कुनै भड्किलो तामझाम गर्नेवाला छौनौं । स्लोगनसहितको सेतो कागजमा कालो अक्षरमा लेखिएको संकल्पको आवरण छ एफोर पेपरलाई चार पृष्ठ बनाइएको सानो पृष्ठ । त्यहीँ सानो चिर्कटोमा उम्मेद्वारको संकल्प र अठोट समावेश गरेका छन् ।
को हुन् अषेश
हाल झापाको मेचीनगर–१० निवासी भाष्कर र शारदा घिमिरेका जेठा सुपुत्रका रुपमा २०४१ साल पुस १३ गते बाहुँडागीमा जन्म भएको थियो ।
उनका जन्मदाताद्धय भाष्कर र शारदा पूर्वशिक्षक हुन् । बुबा विज्ञान र गणित विषयमा मावि शिक्षक रुपमा कार्यरत थिए भने आमा नेपाली र सामाजिक विषयकी प्रावि शिक्षिक थिइन् । हाल बुबाआमा पेशाबाट अवकाश छन् ।
कक्षा ३ सम्म स्थानीय आमडाँगीस्थित पशुपति माविमा अध्ययनरत थिए अशेष । बुबाको शिक्षण पेशा सरुवाक्रमसँगै विद्यालय, कक्षा गुरु र नयाँ मित्रहरु परिर्वतन गर्र्नु अशेषको बाध्यता थियो । कक्षा ४ र ५ कक्षा धुलाबारीको सारदा अंग्रेजी मावि, कक्षा ६ र ७ कक्षा फाइव स्टार माविमा तथा ८ र ९ कक्षा मेची शिक्षा निकेतनबाट २०५९ सालमा एसएलसी परीक्षा लेखेका थिए ।
एसएलसी परीक्षामा डिभिजन स्कोर ल्याएपछि बिराट साइन्स क्याम्पस विराटनगरमा प्लस टुको दुई वर्ष अध्ययन गरे । त्यसपछि खोप इन्जिनियरिड क्याम्पस भक्तपुरबाट इन्जिनियरिड संकायमा ९बि।इ।० उत्तिर्ण गरेका छन् । त्यसपछि केयुबाट दुई वर्षे सस्टनेवल डेभपमेन्ट कोर्ष गर्दै राजनीतिक शास्त्रमा ९एम्फिल० अध्ययन उत्तिर्ण गरेका छन् अशेषले ।
डिकौडिन्यका चेला
अशेषका बुबा भास्कर र देवकुमार आचार्य (डिकौडिन्य) बीच मित्रताको सम्बन्ध थियो । डिकौडिन्यले दिउँसो काँकरभिट्टा क्याम्पसमा अंग्रेजी विषय अध्यापन गराउने गर्दथे । विहान कक्षा मेची शिक्षा निकेतनमा कक्षा ८ र ९ मा अध्यापन गराउने डिकौडिन्य र अशेष गुरु र चेला हुन् । घिमिरे परिवारसँग अत्मियता प्रगाढ भएको थियो ।
डिकौडिन्यसँग कक्षा ८, ९ र १० कक्षासम्म पाठ्याक्रमको शिक्षासँगै नैतिक तथा बौद्धिक शिक्षा आर्जन गर्नै अवसर पाएका थिए । गुरु र चेला सँगै सिक्ने सिकाउने र सँगै एउटै खाटमा सुत्ने गरेका थिए । सो क्रममा फर्सदको समयमा डिकौडिन्यले माक्सवादी पुस्तक दिएर अध्ययन गर्न प्रेरित गर्ने गरेका थिए । शिक्षक डिकौडिन्यसँग नजिक भएर पाठ्क्रम र ज्ञानबद्धक विषय सिक्ने अवसर पाएका थिए । डिकौडिन्यको परिवार बसेको काठको दुईतले घर अहिले पनि उस्तै छ ।
नयाँ विचारलाई प्रथामिकता दिने डिकौडिन्यको संगतकै कारण अशेषले भित्ते पत्रिका निकालेका थिए । भित्ते पत्रिका निकाल्ने सोच, सीप र प्रेरणा, डिकौडिन्यकै थियो । रातभर भित्ते पत्रिका निकाल्ने अशेषले विहान धुलाबारी, इटाभट्टा चोकमा रहेको पिपलको रुखमा टाँस्ने गर्दथ्ये । अनुपमा नामक भित्ते पत्रिका निकाल्न कहिले एकरात कहिँले दुईरात लगाउने गरेका थिए । पत्रिका निकाल्ने र नियमित बजारमा पुर्याएर टाँस्ने गरेकाले बजारमा आउजाउ गर्ने प्रायले भित्ते पत्रिका पढ्ने गरेका थिए ।
एकपटक पढेको कुरा सितिमिति दोहोर्याउनु नपर्ने, शालिन र भद्र स्वाभावका अशेष सानैदेखि चौतर्फी दिमाग लगाउने व्यक्ति थिए । मेहनत गर्ने स्वभावका अशेषको राजनीतिक शास्त्रमा स्नातकोत्तरको अध्ययन पुरा गरेका छन् । अशेष र उनका भाई दुवै जना इन्जिनियर हुन् । शिक्षण पेशा भन्दा प्राविधिक पेशा नै दर्विलो र उपयुक्त हुने आसयले दुवै छोरालाई इन्जिनियर अध्ययन गराएको घिमिरे अभिभावकको भनाई छ ।
अध्ययन पुरा गरेपछि अशेष राजनीतिक क्षेत्रमा कृयाशील बन्दै आएका छन् । उनले नेपालमा कम्युनिष्टको जन्म, अवस्थाको बारेमा अध्ययन खोज तथा अनुशन्धान गर्दै अन्तराष्टियस्तरमा कम्युनिष्टको अवस्थाको विषयमा अध्ययन अवलोकन गर्दै आएका छन् ।
उनले कम्युनिष्ट विचारलाई बढावा दिन इलामको जनता टेलिभिजनमा दुई वटा कार्यक्रम सञ्चालन गरे । कितावका कुरा र दभ्यु नामक कार्यक्रम चलाएर देशका शीर्ष नेता तथा कार्यकर्तासँग नजिक हुने अवसरसमेत पाएका छन् ।
उनी विद्यार्थी जीवनमा पनि नेतृत्वदायी पंतीमा उभिने गरेका थिए । अखिल युवा परिषदको अध्यक्ष भएर राजनीतिक संकायका विद्यार्थीलाई कम्युनिष्ट दर्शन विचारको बारेमा कक्षा लिइदै लिने गरेका छन् । उनी अफ्रिकाको घाना, चाइना, श्रीलंकालगायतका देशको राजनीतिक अवस्थाको अध्ययन अवलोकन गर्ने अवसर प्राप्त गरेका छन् । घिमिरे राजनीतिमा उदमान प्रतिभा हुन् ।

