
झापा, २४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।
विगत केही दिनदेखि लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढेको छ । त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर पनि आज बढेको राष्ट्र बैंकले जनाएको छ ।

आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा थियो ।
यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो ।
त्यसैगरी, आज युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ७१ पैसा छ । हिजो युरो १ को खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८२ पैसा थियो ।
आज पाउण्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ९३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १५ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०८ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३० पैसा थियो । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

