
बिर्तामोड, २७ माघ । सन्थाल गोल्डकप २०८२ को लोगो सार्वजनिक गरिएको छ । फागुन २८ गतेदेखि हुन गइरहेको गोल्डकपको लोगो सार्वजनिक गरिएको हो ।
सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ ले आयोजना गरेको गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । गोल्डकप आयोजकले सोही अवसरमा कार्यालय समेत उद्घाटन गरेको छ ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले मामा र जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोतेलले लोगो सार्वजनिक गरेका हुन् । उनीहरुले संयुक्त रुपमा कार्यालय समेत उद्घाटन गरेका छन् ।
सन्थाल गोल्ड कपमा झापाका ५, मोरङको एक र भारतको दुईवटा टिम सहभागी हुनेछन् । भद्रपुरस्थित मेची रंगशालामा हुने गोल्डकपको विजेताले नगद १ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले नगद ६० हजार र ट्रफी प्राप्त गर्ने गोल्डकपका संयोजक टीका हस्ताले जानकारी दिए । उनका अनुसार पहिलोपटक सन्थाल समुदायको बीचमा गोल्डकप आयोजना गरिएको हो ।

