
सिराहा, ११ फागुन । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमका बिच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिएका हुन् ।
उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।

लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै नेकपा एमाले सिराहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको र पुराना कार्यकर्ताको मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

