
झापा, ११ फागुन । सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ ।
सुनको आज तोलाको ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १० हजार ३ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा १ सय ७० रुपैयाँले बढेर ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ४ सय २५ रुपैयाँ रहेको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

