
मुम्बई, १७ फागुन । दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्डानाले गत फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा परम्परागत रीतिरिवाजअनुसार विवाह गरेका छन् । उनीहरुलाई फ्यान तथा बिभिन्न सेलिब्रेटीले बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन् ।
विवाहको खुसीयालीमा यो जोडीले फ्यानहरूको मुख मिठो गराउने भएको छ । उनीहरुले विवाहको मिठाई तेलंगानादेखि बिहारसम्मका १४ राज्यका विभिन्न सहरहरूमा पठाउने भएका हुन् । जसमा दिल्ली, चण्डीगढ, उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, राजस्थान र आन्ध्र प्रदेशलगायतका राज्यहरू समावेश छन् ।

यसका साथै, यो जोडीले विभिन्न मन्दिरहरूमा ‘अन्नदानम्’ ९भोज० को आयोजना समेत गर्नेछन् । आफ्नो विवाहको खुसीमा फ्यानहरूलाई यसरी सहभागी गराएर उनीहरूले एउटा राम्रो उदाहरण प्रस्तुत गर्न लागेका हुन् । उनीहरूले अन्नदान गरिने मन्दिरहरूको सूची पनि सार्वजनिक गरेका छन् ।
रश्मिका र विजयले यसअघि ‘गीता गोविन्दम’ र ‘डियर कम्रेड’ जस्ता ब्लकबस्टर फिल्महरूमासँगै काम गरिसकेका छन् । विवाहपछि यो जोडी पहिलो पटक फिल्म ‘राणाबाली’मा सँगै देखिनेछ । राहुल सांकृत्यायनले निर्देशन गरेको यस फिल्मको पहिलो गीत ‘ओ मेरे साजन’ भर्खरै सार्वजनिक भएको छ । फ्यानहरू अहिले यो जोडीलाई सामाजिक सञ्जालमार्फत बधाई र शुभकामना दिइरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

