
सिरहा, २० फागुन । सिरहा क्षेत्र नं. ३ का जसपा उम्मेदवार अशेश्वर यादव मौन अवधिमा नगदसहित पक्राउ परेका छन् ।
भारत सीमास्थित माडरबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी चेकजाँच गर्दा ४ लाख ८७ हजार रुपैयाँसहित मतपत्र फेला परेको प्रहरीले जनाएको छ। यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।

बरामद सामग्रीबारे अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया पूरा गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

