
झापा, २० फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अस्पतालको जनशक्ति अनुसार पाँचदेखि २५ जनासम्मको टोली गठन गर्न भनिएको हो ।
टोलीले जिल्ला प्रशासनसँग समन्वय गरी घाइतेलाई अस्पतालसम्म ल्याउने, एम्बुलेन्स व्यवस्थापन गर्ने तथा चिकित्सक टोलीमार्फत उपचार गर्ने जिम्मेवारी पाउनेछ।

निर्वाचनका दिन अस्पतालले आकस्मिक सेवा मात्र सञ्चालन गर्ने र ७७ जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

