
झापा, २९ फागुन । कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अलपत्र परेका २१ जना नेपालीलाई उद्धार गरी आज नेपाल फर्काइएको छ। उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासको पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा स्वदेश ल्याइएको हो।
दूतावासले अन्य अलपत्र नेपालीलाई पनि उद्धार गर्ने पहल भइरहेको जनाएको छ। साथै, प्रलोभनमा परी भ्रमण भिसामा वैदेशिक रोजगारीमा नजान र नेपाल सरकारले तोकेको श्रम स्वीकृतिबाट मात्र विदेश जान आग्रह गरेको छ।
Facebook Comments Box


