
झापा, ३० फागुन । झापाको कमल गाउँपालिका–६ मा पत्रकारलाई अभद्र व्यवहार गर्ने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
प्रतिनिधि सभा निर्वाचनको रिपोटिङका क्रममा रहेका पत्रकार अर्जुन आचार्यमाथि फागुन १४ गते अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ ४५ वर्षीय युवराज पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट जारी पक्राउ पुर्जीका आधारमा आज इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले पाठकलाई शिवसताक्षी नगरपालिका–४ बाट पक्राउ गरिएको हो । पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
Facebook Comments Box


