
बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला नेपाल घुमघाममा छिन् । उनी पति डेनियल वेभरसहित नेपाल आएकी हुन् । नेपाल भ्रमणको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै दिएकी छन् ।
उनले बुधबार पतिसहित नगरकोटको भ्यु टावर घुमेकी छन् । त्यहाँ घुमेको र दृश्यावलोकन गरेको तस्बिर तथा भिडियो सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।
लियोनी र डेनियल यसअघि पनि पटक पटक नेपाल घुम्न आएका थिए । सन्नीले केही वर्ष पहिले प्रदर्शनमा आएको नेपाली फिल्म ‘पासवार्ड’ मा समेत नृत्य गरेकी थिइन् ।
Facebook Comments Box


