
बिर्तामोड, ९ चैत । झापाको गरामनी निवासी निवृत्त शिक्षक खीलप्रसाद सिवाकोटीले आज आफ्नो जन्मदिन सडकको डिभाइडरमा शोप्लान्टका विरुवा रोपेर मनाउनु भएको छ ।
सिवाकोटीको अगुवाई र व्यवस्थापनमा बिर्तामोड–भद्रपुर सडकको गरामनी खण्डमा रहेको डिभाइडरमा ६७ वटा शोप्लान्टका विरुवा रोपिएको हो । झापाका विभिन्न जेसीजहरुका पूर्वअध्यक्षहरुको क्लवले जिल्लाको उत्कृष्ट नागरिकका रुपमा सम्मानित भइसकेका सिवाकोटीको आज चैत ९ गते ६७औं जन्मोत्सव हो ।
प्रसिद्ध शक्तिपीठ गरामनीको दुर्गामन्दिर पूर्वतर्फ गत फागुन २७ गते नागरिक भेटघाट चौतारी सञ्चालनमा ल्याएका सिवाकोटी समाजको हितमा हुने अनेकन कार्यहरुमा निरन्तर लागिरहनु भएको छ । उहाँको जन्मोत्सवमा विरुवा रोप्न राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रका अगुवासहित स्थानीयको सहभागिता थियो ।


