
झापा, १३ चैत । झापाको भद्रपुर नगरपालिका–६ गिरीचोकबाट लागुऔषधसहित एक भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर–६ गिरीचोकस्थित शोभित यादवको घरमा भाडामा बस्दै आएका भारत ठाकुरगञ्जका ३७ वर्षीय बेचन यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएर घरमा खानतलासी गर्दा कम्पाउण्डभित्र इटाको चाङमा लुकाइ राखिएको लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्लास्टिकसहित कुल २१ ग्राम ८९० मिलिग्राम तौल भएको उक्त पदार्थमध्ये प्लास्टिक बाहेक २० ग्राम ६९० मिलिग्राम रहेको जनाइएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।


