
झापा, २२ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजारबाट प्रहरी तीन जना युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरुलाई शंका लागी चेकजाँच गर्दा बिर्तामोडका दुई र मोरङका एक जना युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले बिर्तामोड–८ गरामनीका २८ वर्षीय किरण श्रेष्ठ साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक २ ग्राम ०६० मिलिग्राम, अविशेक लिम्बुको साथबाट प्लाष्टिक बाहेक १ ग्राम १७० मिलिग्राम र मोरङ लेटाङ–५ बस्ने २५ वर्षीय सरोज थापाको साथबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक १ ग्राम ४६० मिलिग्राम बरामद गरेको थियो ।
कूल प्लाष्टिकबाहेक ४ ग्राम ६९ मिलिग्राम लागु औषधसहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा राखिएको छ ।


