
झापा, २२ चैत । झापाको बिर्तामोड नगरपालिका–५ मा ‘गुफा रेष्ट्रो’ सञ्चालनमा आएको छ ।
दैनिक सयौं युवा धन र अध्ययनका लागि खाडीदेखि युरोपसम्मको यात्रा तय गरिरहेका छन् । तर, बिर्तामोड–५ का युवा मनोज अधिकारी स्वदेशमै केही गर्ने सोचका साथ होटल व्यवसायमा होमिएका छन् ।
“स्वदेशमै केही गर्नु पर्छ, आत्मनिर्भर बन्नुपर्छ भनेर गुफा रेष्ट्रो सञ्चालनमा ल्याएका छौं”, गुफा रेष्ट्रोका प्रबन्ध सञ्चालक अधिकारी भन्नुहुन्छ, “रेष्ट्रोमा नौ जना युवाले रोजगारी समेत पाएका छन् ।”
बिर्तामोड–५ हर्कलाल मार्गदेखि केही पूर्व बुद्धनगर टोल रोड नम्बर १ मा करिब ६० लाख रुपैयाँको लागतमा गुफा रेष्ट्रो सञ्चालनमा दुबईमा होटलसम्बन्धी काम गरेर फर्किनुभएका अनुभवी सेफ रोजन राईले विशेषत परम्परागत स्वाद रेष्ट्रोमा पाउन सकिने बताउनुभयो ।
काजिल, बट्टाई, पोलेको लोकल कुखुरा, हाँसको छोयला र खसीको मासुको लगायतका परिकारलाई गुफा रेष्ट्रोको विशेषता हो । साथै, नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल खानाका परिवारका समेत रेष्ट्रोमा उपलब्ध छ ।
रेष्ट्रोमा आफ्नै उत्पादनलाई प्राथमिकता दिएइएको छ । रेष्ट्रो परिसरमै रहेको खोरमा राखिएको कालिज, बट्टाई, हाँस, लोकल कुखुराको परिकार ग्राहक रोजाइ अनुसार तयार पस्किने गरिएको छ ।
करिब दुई सातादेखि अनौपचारिक रुपमा सञ्चालनमा आइसकेको गुफा रेष्ट्रोको आगामी नयाँ वर्ष २०८३ को अवसरमा बैशाख १ गते औपचारिक उद्घाटन गरिने जनाइएको छ । उद्घाटनको अवसरमा विशेष छुटको समेत व्यवस्था गरिएको होटलकी सञ्चालिका कुशुमकुमारी ढकालले जानकारी दिनुभयो ।
रेष्ट्रोमा ३० देखि ४० जना क्षमताको दुई वटा सभाहल रहेका छन् । रेष्ट्रोमा जन्मदिन मनाउने चाहनेहरुका लागि यहाँ केक र हलको सजावट निःशुल्क गरिने जनाइएको छ । रेष्ट्रोमा खानाका परिकार तयार पार्दा लाग्ने मूल्यभन्दा १० प्रतिशत मात्र शुल्क थपेर ग्राहकलाई सेवा दिने सञ्चालको दाबी छ ।


