
झापा, २३ चैत । झापाको मेचीनगरबाट यात्रुहरुलाई तानातान गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची भन्सार कार्यालय, बसपार्क तथा बजार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेषगरी भारतको विभिन्न ठाउँबाट आ–आफ्नो काम विशेषले नेपाल प्रवेश गरी आउने यात्रुहरुलाई काँकरभिट्टा बजार क्षेत्र र अन्य ठाउँ समेतमा रहेको होटल, अस्पताल, धार्मिक क्षेत्र लगायत विभिन्न ठाउँमा सम्पर्क गराई दिन्छौँ भन्दै यात्रुहरुलाई तानातान गरी हैरानी दिएको अरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
Facebook Comments Box


