
झापा, २४ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ बाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका–३ चप्रामारीका ३७ वर्षीय धनबहादुर राजवंशी, अर्जुनधारा नगरपालिका–११ सालबारीका ४५ वर्षीय तिनतालु राजवंशी र गौरादह नगरपालिका–३ चप्रामारीकी ३० वर्षीया सिर्जना राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोमबार दिउँसो अर्जुनधारा–६ अदुवा खोला भत्केको पुलस्थित लखी मुर्मुको घरमा डेरा गरी बस्दै आएका धनबहादुरको डेरा कोठामा लागुऔषधको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लागुऔषैध खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक बाहेक २२ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर इप्रका अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


