
झापा, २६ चैत । झापासहित देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, काठमाडौँ महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका–५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–२ डुम्रेबाट छ, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट दुई, सर्लाही, विष्णु गाउँपालिका–५ फेन्हारा चोकबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ रातमाटेबाट ३० किलोग्रामसहित एक र बर्दियाको मधुवन नगरपालिका–६ बाट एक जनालाई पक्राउ गरिएको समाचारकक्षले आज प्रकाशन गरेको समाचार ‘बुलेटिन’मा जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


