
झापा, ३ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुल मुनि नवजात शिशुको (बालक) को शव फेला परेको छ ।
बुधबार राति उक्त मुनि नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी धरमपुरमा प्रहरी टोली खटिएको थियो । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा पठाइएको छ । घटना अनुसन्धानका शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ ।
Facebook Comments Box


