
झापा, १३ बैशाख । पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४९० सवारी चालकलाई कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका १ हजार ४१३ जनालाई कारबाही गरिएको हो । यसबाट ५ लाख ४ हजार रुपैयाँ समेत संकलन भएको छ ।
Facebook Comments Box



