
रुपन्देही, १६ वैशाख । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० भलुही गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको इभी माइक्रो ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको साथमा रहेका कागजपत्रअनुसार पदम रायमाझी र रानीकुमारी खत्रीको मृत्यु भएको र अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतकहरूको नाम खुले पनि ठेगाना खुलेको छैन ।थप अनुसन्धान भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



