
झापा, १६ वैशाख । झापाबाट मोटरसाइकल चोरी गरी इलामतर्फ लाँदै गर्दा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–११ बस्ने वर्ष ३३का तुलसी राजवंशी रहेका छन् ।
मंगलबार बिहान ११ बजे इलामको रोङ गाउँपालिका–४ जोरकलशस्थित मेची राजमार्गमा प्रहरी चौकी किटेनीबाट खटिएको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश०१–०१–०१७प२४५९नम्बरको पल्सर मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा कागजपत्र नभएको उक्त मोटरसाइकल राजवंशीले झापाको धुलाबारीबाट चोरी गरी ल्याएको बुझिएको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । सो मोटरसाइकल मोटरसाइकल धनी मेचीनगर ९ बस्ने राहुल बि.क.ले हराएको भन्दै हिजो इलाका प्रहरी कार्यालय धुलाबारीमा लिखित निवेदन दिएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



