
बिर्तामोड, २३ बैशाख । झापाको बिर्तामोड–४ मा मुल कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाका शेयर सदस्यको मृत्युपछि ऋण मिनाहा गरिएको हो ।
संस्थाका सदस्य बिर्तामोड–३ का बिरेन्द्र तामाङको मृत्युपछि उनको नाममा रहेको एक लाख ३० हजार ८२४ रुपैयाँ कर्जा मिनाहा गरिएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले मृतक सदस्यकी श्रीमती अर्पणा थापा मगरलाई ऋण मिनाहा पत्र हस्तान्तरण गर्नुभएको थियो ।
तामाङको मृत्युपछि परिवार आर्थिक संकटको चपेटामा पनि भन्दै संस्थाले ९ महिना अघि लिएको ऋणबापतको सो रकम मिनाहा गरिएको संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले जानकारी दिए ।
कर्जा मिनाहासँगै संस्थाको मृत्यु संस्कार राहत खर्च वापत कार्यालयबाट १३ हजार १०० रुपैयाँ पनि उपलब्ध गराएको छ ।कर्जा लिएको ९ महिनापछि २०८२ माघ २१ गते उनको असामहिक निधन भएको थियो ।
कर्जा मिनाहासँगै सदस्यको निधनप्रति संस्थाले दुःख व्यक्त गर्दै हार्दिक श्रद्धान्जली समेत अर्पण गरेको छ । मृतकले एक लाख ५० हजार रुपैयाँ संस्थाबाट ऋण लिएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



