
झापा, २३ बैशाख । सुनसरीको धरान-५ स्थितबाट प्रतिबन्धित लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख २२ गते राती विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी देउराली र श्यामचोकबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १२०० क्याप्सुल र स्पास्पेन १३५० ट्याब्लेट सहित बेचबिखानमा संलग्न सोहि स्थानका हरी बहादुर विश्वकर्मा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



