
झापा, २८ बैशाख । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई अवलोकन भ्रमण गराएको छ ।
संस्थाले सदस्यहरु समेतको लागत सहभागितामा सदस्य र कर्मचारी गरी १७५ जनालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराएको हो । बैशाख २० गते सुरु भएको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण २५ गते सम्पन्न भएको थियो ।
संस्थाले आफ्ना सदस्यलाई बर्सेनि पालो मिलाएर धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउँदै आएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताउनुभयो । जनकपुरधाम, देवघाट धाम र पोखराभित्र रहेका पुम्दिकोट, डेभिडफल्स, गुप्तेश्वर महादेव, महेन्द्र गुफा, फेवाताल, तलबराही मन्दिर, बिन्दबासिनी मन्दिर आदि घुमाइएको सहभागी झलनाथ कडरिया (आदित्य)ले बताउनुभयो ।
मुक्तिनाथ धामको दर्शन गर्न जानेक्रममा बाग्लुङकालिका मन्दिर, एशियाको अग्लो ठाउँमा रहेको बाग्लुङ र पर्वत जिल्ला जोड्ने ५६७ मिटर लम्बाईको झोलुङ्गे पूल, म्याग्दीको गलेश्वर महादेव, तातोपानी, मुस्ताङको मार्फागाउँ र जेरीगल्लीसहित अवलोकन गराइएको सहभागी नरेन्द्रप्रकाश सिटौलाले बताउनु भयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



