
झापा, २७ बैशाख । झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका छन् ।
आज बिहान करिब १०:०० बजे स्थानीय तेज बहादुर खवासको घरमा जंगलबाट ल्याएको च्याउ पकाई खाँदा उनीहरू बिरामी भएका हुन् ।
बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास र २० वर्षीया अनिता खवास लगायत अन्य ८ जना बालबालिका रहेका छन् । बिरामीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो ।
प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ। बिरामीमध्ये २ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



