
सप्तरी, २७ बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा आगलागी हुँदा १२ वटा घरगोठ जलेर नष्ट भएको छ ।
गएराति स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक–एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रारम्भिक अनुमान छ । हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



