
झापा, २७ बैशाख । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका–८ बाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ९६० मिलिग्राम ब्राउनसुगरसहित भद्रपुर नगरपालिका–१० का पवन खड्का र भद्रपुर नगरपालिका–८ का रुमिलुङ राईलाई पक्राउ गरेको हो ।
त्यस्तै, इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–३ का मेघराज दियालीलाई १ ग्राम ३२० मिलिग्राम र कुर्वान अन्सारीलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी। मोरङको प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका–६ स्थितबाट सोही स्थानकी सुस्मिता लिम्बुलाई १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



