
झापा, २७ वैशाख । झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिक रहेको ‘मामा भान्जा होटल एण्ड लज’बाट प्रहरीले पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
होटलमा शंकास्पद व्यक्तिहरू बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा आइतबार दिउँसो करिब ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गरेको थियो ।
त्यसक्रममा दुई जना नेपाली महिला, होटलको रिसेप्सनमा सहयोग गर्ने एक कर्मचारी तथा दुई जना भारतीय पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट WB73R5148 नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



