
अर्जुनधारा, २८ वैशाख । भत्केको लामो समयसम्म ठेक्का लाग्न नसकेको शनिश्चरे-खुदनाबारी खण्ड अन्तर्गत बिरिङ नदीमा पुल निर्माणका लागि झापाका जनप्रतिनिधिको टोली सिंहदरबार पुगेको छ।
बिरिङ नदीमा पुल निर्माणार्थ झापा क्षेत्र नम्बर २ की सांसद इन्दिरा राणा मगर र अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन लगायत जनप्रतिनिधिको टोली सिंहदरबार पुगेको हो ।

बिरिङ खोलामा पुल निर्माण नहुँदा यस क्षेत्रका हजारौँ बासिन्दाले सास्ती भोग्दै आएका छन् । निर्माण कार्यलाई चाँडोभन्दा चाँडो सुचारु गर्नका लागि झापाका जनप्रतिनिधि सिंहदरबार पुगेका हुन् ।
‘बिरिङ खोलामा पुल बनाउनका लागि जग्गाको समस्या छैन’, नगरप्रमुख गोम्देनले भन्नुभयो, ‘पुल निर्माण गर्दा कसैलाई क्षति पुग्ने र क्षतिपूर्ति दिनुपर्ने अवस्था पनि छैन ।’
बिरिङ नदीमा १६० मिटर लामो पुल निर्माण गर्नुपर्ने, ९५० मिटर नदी नियन्त्रणका लागि तटबन्द गर्नुपर्ने र करिब २०० मिटर एप्रोच सडक निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



