
झापा, ३० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज यहाँ बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मिति तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



