
भद्रपुर, ३१ बैशाख । झापा भद्रपुरका ५० विपन्न परिवारलाई झुुल वितरण गरिएको छ ।
आज भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नेपाल भारत मैत्री संघ झापाले भद्रपुर नगरपालिका वडा नं ५ र ६ का ५० परिवारलाई झुल वितरण गरेको हो ।
संघका अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल भारत मैत्री संघका पूर्व केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष रतिया राजवंशीलगायतले नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको झुल वितरण गरेका थिए ।
नेपाल भारत मैत्री संघ झापाकी सचिव शर्मिला अधिकारीले सञ्चालन र उपाध्यक्ष शिवकुमार राजभण्डारीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रवाल, नगरप्रमुख पोखरेल, वडाध्यक्ष राजवंशीले नेपाल–भारतबीच सदैव समुधुर सम्बन्ध रहेको जिकिर गर्दै यस्ता सहयोगी कार्यले सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । यद्यपि, वडाध्यक्ष राजवंशीले झुलको गुणसतरमाथि भने प्रश्न उठाएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



