
बिर्तामोड, १ जेठ । आजदेखि झापाको बिर्तामोड नगरपालिकामा दोस्रो मेयर कप अन्तर वडास्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुँदैछ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा आज जेठ १ र भोलि जेठ २ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक सुदिप खवासले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, कराँते तथा किकबक्सिङ खेललाई अझ व्यवस्थित र सुदृढ बनाउनुका साथै नयाँ खेलाडी उत्पादन र खेलाडीहरूलाई प्रोत्साहन गनेर् उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गनेर् वडाहरूलाई पुरस्कारसमेत प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले नगद २५ हजार र तृतीय स्थान हासिल गनेर्लाई नगद १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिताबाट उत्कृष्ट खेल प्रदर्शन गनेर् महिला र पुरुषतर्फ एक÷एक जना ‘बेस्ट फाइटर’लाई जनही नगद ५ हजारका दरले पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक खवासले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



