
बिर्तामोड, ५ जेठ । झापाको बिर्तामोड नगरपालिका–५ सयपत्री टोलस्थित एक घरबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ करिब ५ः३० बजे उक्त क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क बाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले रत्नकुमारी श्रेष्ठको घरमा खानतलासी गर्ने क्रममा घरधनीका छोरा २६ वर्षीय रोहित श्रेष्ठ र बिर्तामोड–३ निवासी २६ वर्षीय सुनिल दासलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूको साथबाट प्लास्टिकबाहेक ६ दशमलव ५ ग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


