
मेचीनगर, ६ जेठ । झापाको मेचीनगर नगरपालिका–६ भट्टराईचोकस्थित नेहा बेकरी अगाडि घाइते अवस्थामा फेला परेको जंगली गौर प्रजातिको साँढे गोरुको मृत्यु भएको छ।
स्थानीय बासिन्दाले बुधबार बिहान करिब ७ः३० बजे घाइते अवस्थामा सडक छेउमा सुतिरहेको गोरु देखेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टा मार्फत डिभिजन वन कार्यालय झापा लाई जानकारी गराएका थिए।
जानकारीपछि वन कार्यालयको टोली पुग्नुअघि बिहान करिब ८ः३० बजे उक्त गोरुको मृत्यु भएको प्रहरीले जनाएको छ। पछि डिभिजन वन कार्यालय धाइजनको टोली घटनास्थलमा पुगेर मृत गोरुलाई व्यवस्थापन तथा सतगतका लागि लगेको बताइएको छ।
Facebook Comments Box


