
झापा, १३ । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषधसहित ११ जनालाई पक्राउ गरिएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ स्थितबाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम सहित, मेचीनगर नगरपालिका १० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम सहित, इलाम माईजोगमाई गाउँपालिका १ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागू औषध गाँजा सहित शिवसताक्षी नगरपालिका ९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी १ की ३६ वर्षीया प्रगती खटिवडा, इटहरी ५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम ब्राउन सुगर सहित इनरुवा ४ बाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी २ का २९ वर्षीय रविन प्रधान, धरान २ का १९ वर्षीय अतित भण्डारी र मोरङको सुन्दर हरँचा-४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको प्रहरी टोलीले प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी-५ का ३३ वर्षीय बिर बहादुर घिसिङ र पछाडी सवार कानेपोखरी-७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।


