
झापा, १३ जेठ । झापाको कनकाई नगरपालिका–६ चम्पापुरमा आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
मंगलबार साँझ करिब ७ बजे स्थानीय मोहन चौहानको काठ र टिनको छानो भएको दुई तल्ले टाँडे घरमा अचानक दियोबाट आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेका काठ, थाल–बटुका, लत्ताकपडा लगायत विभिन्न घरायसी सामान पूर्ण रुपमा जलेर नष्ट भएका छन् । घटनामा मानविय तथा पशुचौपायातर्फ कुनै क्षति नभएको जनाइएको छ ।
प्रहरीका अनुसार आगलागीबाट अन्दाजी ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयबासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
Facebook Comments Box


